सम्राट सिंह
बझाङ,२ बैशाख । पुर्व परराष्ट राज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता अर्जुनजंग बहादुर सिंह आफ्नै कार्यकर्ताबाट कुटिएका छन । मंगलवार देवलमा संचालन भएको प्रथम बझाङ महोत्सव उद्घाटन गरि राती शुभचिन्तक स्थानिय दिल बहादुर बोहराको घरमा पार्टीमा बसेका नेता आफ्नै कार्यकर्ताबाट कुटिएका हुन । कार्यकर्ताको हातपातले नेता अर्जुनजंग बहादुर सिंहको नाक मुख र हातमा चोट लागेको छ । काँगेस पार्टीका नेता तथा पूर्व राज्यमन्त्री सिंह माथी हातपात गर्ने सदरमुकाम चैनपुरका स्थानिय लोकेन्द्र बिष्ट, बबिन सिंह र प्रदिप बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक कमल विष्टले वताए ।
नेपाली काँग्रेसका पूर्व सभापती सत्यराज भण्डारीको बस्ने कोठामा घरमालीक दिल बहादुर बोहराले अर्जुन सिंह लाई गेष्टका रुपमा बोलाएका थिए । भण्डारी बस्ने कोठामा राती उज्यालो देखीएपछि भण्डारी कोठामा छन् भनेर केटाहरु गएका रहेछन् प्रहरीले निरिक्षकले भने त्यहाँ दुई पक्ष विच कुरा विवाद भएपछि हातपात भएको रहेछ । कुटपिटमा संलग्न लोकेन्द्र बिष्ट सत्यराज भण्डारी तथा संथापन पक्षका कार्यकर्ता हुन । मदिरा सेवन गरि आएका केटाहरुले आफुलाई योजनाबद्ध तरिकाले आर्कमण गरेको पूर्व मन्त्री सिंहले वताए । काठमाण्डौमा बसेर जिल्ला आएका सिंह देश भरी संचालन भई रहेको श्री नेपालमाता महिमा राष्टिय १०८ विराट महायज्ञ संचालन गर्न सदरमुकाम चैनपुर आएका थिए । प्रहरी नियन्त्रणमा रहेका प्रदिप विष्टले भने आफुहरुले नेताज्यु लाई हातपात गर्न खोजेको नभई घरमालीक दिल बहादुर बोहरासंग झगडा हुदाँ उहाँ लाई चोट उनलाई लागेको वताए ।
प्रतिक्रिया