जहाज चिप्लदा २० जना घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७२, बुधबार १५:१०

aairजापानको हिरोशिमा विमानस्थलमा अवतरणका क्रममा एक जहाज धावनमार्गबाट चिप्लिँदा २० जना यात्रु घाइते भएका छन् । दक्षिण कोरियाको इन्छन विमानस्थलबाट उडेको एसियाना एअरलाइन्सको एअरबस ‘ए ३२०’ जहाज अवतरण गर्न लाग्दा धावनमार्गबाट चिप्लिएको हो । जहाजमा ७४ जना यात्रु र ७ जना चालक दलका सदस्य थिए । जहाज ‘रनवे’बाट चिप्लिएपछि इन्जिनमा आगो लागेपनि यात्रुलाई आकस्मिक ढोकाबाट बाहिर निकालिएको थियो । जहाज चिप्लनुको कारणबारे अनुसन्धान थालिएको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१