कुकुरको बिहे पाँचतारे होटलमा, हनिमुन लण्डनमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७२, बुधबार १३:५८

शिर्षक पढ्दा नै अचम्मित हुनु भयो होला, पत्याउनु भएन होला, अचम्म मान्नु पर्दैन यो घटना वास्तविक हो र कुकुरका मालिकले नै कुकुरको यसरि बिहे गरिदिन लागेका हुन् । भारतको अमृतसरका एक धनि व्यक्तिले आफुले पालेको ज्याक्स नामको कुकुरको बिहे गरिदिन लागेका हुन् । ज्याक्सको बिहे जेनिफर नामक कुकुर संग ११ सेप्टेम्बरमा एक पाँचतारे होटेलमा हुने तय भइ सकेको छ ।

dogयी कुकुरको बिहे मान्छेको भन्दा पनि भब्य हुने अनुमान लगाइएको छ । मानिसको जस्तै भब्य बिहे गर्ने भन्दै कुकुरका मालिकले इन्गेजमेन्ट र मेहन्दीको विधि सबै तयार परिसकेका छन् भने हनिमुनको लागि लन्डन लाग्ने पनि तयारी गरेका छन् । कुकुर मालिकको शोखमा हुन लागेको यस बिहेमा पाहुनाको रुपमा धेरै भिभिआइपी सहभागी हुने बताईएको छ । यस बिहेमा भोज पनि भव्य गर्ने तयारी भएको बताइएको छ । मालिकको शोखले कुकुरको भाग्य चम्कियो ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१