ह्वाइट हाउसमा बम पड्काउने भन्दैं हिडेका दुई नेपाली प्रहरी नियन्त्रणमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७२, बुधबार ११:३७

काठमाडौं,२ बैशाख । झूठो जानकारी दिएर बिनासित्तै दुख दिएका दुई जनालाई अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको छ । न्यूयोर्कका २८ वर्षिय गुरु ए धिमाल र कोलम्बसका ६७ वर्षिय भगिरथ कोइरालाले गएको शुक्रबार ह्वाइट हाउसमा बम पड्काउनकोे लागि बसमा राखेर बम लैजादै गरेको सूचना प्रहरीलाई दिएका थिए । प्रहरीका अनुसार धिमालले प्रहरीको ९११ मा फोन गरेर आफू अल काइदाको सदस्य भएको र बसमा ह्वाइट हाउसमा पड्काउनको लागि बम लगिदै गरेको जानकारी दिएका थिए । उनले बस ३० जना यात्रु बोकेर बुफलोबाट क्लिभल्याण्डतर्फ गुडिरहेको जानकारी पनि दिएका थिए ।

nepaliसूचना  पाएपछि प्रहरीले स्टेट रुट ५२८ देखि भ्रूमान रोड भएर चल्ने दुईतर्फि यातायात आवागमन सबै बन्द गरेको थियो । गुडिरहेको बसलाई रोकेर बम छ कि छैन भनेर जाँच्नको लागि परीक्षण गरेको थियो । यसरी परिक्षण गर्र्दा बम नभेटिए पछि प्रहरीले आफूहरुलाई झुक्याएको पत्ता लगाएको थियो । त्यसपछि प्रहरीले झूठो जानकारी दिने व्यक्तिहरुको खोजी व्यापक बनायो । अन्तत धिमाल र कोइरालालाई सोमबार दिउँसो नियन्त्रणमा लिन प्रहरी सफल भए ।  प्रहरीले कोइरालालाई व्यक्तिगत जमानीमा छोडेको छ भने धिमाललाई २५ हजार अमेरिकी डलर तिराएर मानसिक अवस्था परिक्षण गर्नको लागि भनेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१