७ विकेटले मुम्बई इण्डियन्सलाई हरायो राजस्थानले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७२, बुधबार १०:५३

इंण्डियन प्रिमियर लिग क्रिकेट आइपीएल अन्तर्गत गएराती भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले हराएको छ । अहम्दावादमा टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो । मुम्बइका लागि कायरन पोलार्डले ७० रन तथा कोरे एन्डर्सनले ५० रनको योगदान दिए ।

indinsfinalजवाफमा १ सय ६५ रनको लक्ष्य राजस्थानले खेलमा ५ खेल खेल्न बाँकी छँदा ३ विकेट गुमाएर पुरा गर्‍यो । राजस्थानको लागि स्टेभेन स्मिथले अविजित ७९ रन तथा अजिनक्या रहानेले ४६ रनको योगदान दिए । जीतसँगै राजस्थान रोयल्स तीन खेलबाट ६ अंक बटुल्दै इंण्डियन प्रिमियर लिग क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट ४ अंक जोडेको चेन्नाई सुपर किङ्स दोस्रो स्थानमा छ भने कोलकाता, पञ्जाव, हैदरावाद र बैंग्लोरले पनि एक एक खेल जित्दै समान २-२ अंक बटुलेका छन् । हालसम्म लगातार तीन खेल हारेको मुम्बई र दुई खेल हारेको दिल्ली अंकविहिन रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१