क्युबालाई अमेरिकी आतंकवादीको सुचीबाट हटाउने योजना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७२, बुधबार १०:४७

अमेरिकाले क्यारेबियन छिमेकी मुलुक क्युबालाई अमेरिकी आतंकवादीको सुचीबाट हटाउने योजना बनाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युबालाई आतंकवादीहरुको प्रयोजक राष्ट्रको सुचीबाट हटाउने प्रक्रिया सुरु गरेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । गत हप्ता पानामा सिटीमा आयोजित अमेरिकी राष्ट्रहरुको शिखर वैठकको क्रममा अमेरिकी राष्ट्रपति ओबामा र क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोविच संक्षिप्त भेटघाट भएको थियो ।
qubaत्यसलगत्तै ह्वाइट हाउसले क्युबालाई आतंकवादीहरुको प्रयोजक राष्ट्रको सुचीबाट हटाउने निर्णय गर्नुलाई दुई देशको सम्बन्धमा महत्वपुर्ण उपलब्धि मानिएको छ । राष्ट्रपति ओबामाले क्युबासँगको सम्बन्ध सुधारको प्रयास थालेपनि रिपब्लीकन सिनेटरहरुले भने आपत्ति जनाएका छन् । क्युबाले अझैपनि अमेरिकामा अपराध गरेर भागेका अपराधीहरुलाई संरक्षण दिईरहेकोले उसलाई आतंकवादीहरुको सुचीमै राख्नुपर्ने माग विपक्षी सिनेटरहरुको छ । अमेरीकाले क्युबासहित ईरान, सिरीया र सुडानलाई आतंकवादीहरुलाई प्रायोजन गर्ने मुलुकको सुचीमा रोखेको छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१