जुम्ला,२ बैशाख । आफ्ना माग सुनुवाई नभएको भन्दै अपाङगता भएका व्यक्तिले जिल्ला शिक्षा कार्यालय जुम्लामा तालाबन्दी गरेका छन् । शिक्षा सम्बन्धी सवालमा अपाङ्गता भएका व्यक्तिलाई बेवास्ता गरिएको भन्दै अपाङ्ग पुनस्थाना तथा विकास केन्द्र जुम्लाको नेतृत्वको टोलीले तालाबन्दी गरेको हो । उनीहरुले विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएपछि जिशिकाले छानविन समिति गठन गरेको थियो । छानबिन समितिले अहिलेसम्म कुनै काम सुरु नगरेको भन्दै तालाबन्दी गरिएको केन्द्रका महासचिव रामकृष्ण न्यौपानेले बताउनुभयो ।
प्रतिक्रिया