जाजरकोटमा फैलिएको रोगबाट थप १ जनाको मृत्यु, मृतकको संख्या १७ पुग्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७२, बुधबार १०:१४

जाजरकोट२ बैशाख । जाजरकोटको ग्रामीण क्षेत्रमा फैलिएको रोगका कारण थप एक जनाको ज्यान गएको छ । जाजरकोट टाले गाविस ७ का ५८ वर्षिय दलबहादुर शाहीको बुधबार विहान ज्यान गएको हो । यो सँगै प्रकोपका कारण जाजरकोटमा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । रोग फैलिँदा  ज्यान गुमाउनेको संख्या बढ्दै गए पनि सरकारी क्षेत्रबाट रोग नियन्त्रणका लागि प्रभावकारी कदम नचालिएको जाजरकोटका बासिन्दाले गुनासो गरेका छन् ।

प्रकोप प्रभावित क्षेत्र दुर्गम भएकाले समयमा नै डाक्टर र औषधी पुर्‍याउन कठिनाई भएको ईमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । प्रकोप प्रभावित क्षेत्रमा अहिले औषधी र स्वास्थ्यकर्मीको अभाव भएपछि खुलाचौरमा नै उपचार थालिएको छ । जाजरकोटमा स्वाइन फ्लुको समेत संक्रमण देखिएपछि जनजीवन झनै त्रसित बनेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको १२ जनाको नमूना परीक्षणमा ३ जनामा स्वाइन फ्लु भेटिएको थियो । फोहोर, दुषित पानीको प्रयोग र स्थानीयबासिन्दामा चेतनाको कमीका कारण रोगको संक्रमण अझै फैलिने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१