केहि गर्न चाहान्छु : नेत्र पाण्डे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७२, बुधबार ०९:५९

अमेरिका,२ बैशाख । आसन्न एनआरएन अमेरिकाको चुवानमा सह-सचिव पद्मा उम्मेद्वारी दिएका नेत्र पाण्डे सबैलाई बचाउन सकियो भने मात्र आफू बच्न सकिन्छ भन्दैं यस पटकको एनआरएन अमेरिकाको सह-सचिव जस्तो गरिमामय पद्मा जिताउन आग्रह गरेका छन् । सास्कृतिक तथा सामाजिक सेवाहरुमा रमाउने आफ्नो बानी भएको बताउने नेत्र पाण्डे आफुलाई जिताएको खण्डमा एनआरएन अमेरिकामा केहि नयाँ योजनाहरु खोजी गर्ने र समग्र नेपाल र नेपालीहरुको हकहितका लागी लड्ने बताएका छन् । उनी भन्छन् नेपाल देखी अमेरिका सम्म विभिन्न जिम्मेवारी सम्हाल्ने क्रममा सहयोग गर्नुहुने सम्पूर्ण साथी-भाई इष्टमित्रहरुलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु। सधै दिनदुखी तथा असहायहरुको सेवा गर्दा वा सामाजिक सेवा गर्दा जुन आनन्द मलाई प्राप्त हुन्छ त्यो अरु केहि गरेर आउदैन रहेछ । त्यसैले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने यथार्थतालाई उजागर गर्न तथा अमेरिकामा बस्दै आउनु भएका प्रवासी नेपालीहरुको सहयोगीको रुपमा कामगर्ने मौका दिनु हुनेछ भन्ने विश्वास लिएको छु ।

netra pandeyयस्तो छ सह सचिव पद्का उम्मेद्वार नेत्र पाण्डेको अपिल

प्रवासी नेपालीको सुख- दुखमा आफूलाई पनि एकाकार र सहभागी बनाउदै, लामो समय देखि प्रवासमा बसी मातृभूमि नेपालको माया र उनि प्रति गर्नु पर्ने आफ्नो कर्तब्य भावबोधबाट प्रेरित हुदै, सम्पूर्ण प्रवासी नेपालीका तर्फबाट एकपटकको नेपाली सधैको नेपाली भन्ने आदर्श मार्गचित्र शिरोधार्य गर्दै म नेत्र प्रसाद पाण्डे यहाँहरुको सेवामा सदा झैँ निरन्तर, समर्पीत र प्रतिबद्द रहने बचन दिदै, निकट भविस्यमा हुन गैराखेको NRN NCC USA को कार्यसमितिको चुनावमा सह-सचिवको पदमा उम्मेद्वार भएको कुरा घोषणा गर्न चाहान्छु । यस अवसरमा अहिलेसम्म विभिन्न संघ-सस्थाहरुमा क्रियाशील रही हासिल गरेको कामको अनुभवलाई हाम्रो साझा संस्था NRN NCC मा सदुपयोग गरि योगदान गर्ने मौका दिनु हुन सम्पूर्ण अमेरिकामा बस्ने नेपाली दाज्यू-भाइ, दीदी-बहिनीहरुमा हार्दीक अनुरोध गर्दछु ।

नेपालको दर्जिलिङ्ग पाल्पाको सुन्दर गाउँ मदन पोखरामा जन्मिएर उच्च माध्यमिक स्तरको अध्यन आफ्नै गाउमा पुरा गरी त्रिभुवन विश्वविधालयमा काठमान्डौबाट व्यवस्थापन तथा मानवशास्त्रमा स्नाकोत्तर सम्मको अध्ययन पुरा गरेको छु । सामाजिक सस्थाहरुमा काम गर्ने बाल्यकाल देखिकै तिब्र इच्छ्या भएकोले, विधालय स्तरको विधार्थी जीवनदेखि नै स्थानीय चारपाते क्लब, स्काउट, रेउकाई , जुनीएर रेड्क्रस जस्ता विभिन्न सामाजिक संघ-सस्थाहरुमा सक्रिय सहभागी हुँदै उच्च शिक्षा हासिल गर्ने सन्दर्भमा पनि विभिन्न गैर-सरकारी सस्थाहरु सर्वाङ्गिन विकाश अध्ययन केन्द्र (IIDS), PACT/USAID , UNESCO जापान जस्ता NGO/INGO हरुमा पनि काम गरेको छु । त्यसैगरी एघार वर्ष अघि अमेरिकामा आएर विभिन्न ठाउहरू मिचिगन, इलोनोइस हुदै हाल टेक्सासमा बसोवास गर्दै आएको छु ।

अमेरिकामा आएर पनि विभिन्न सामाजिक, सास्कृतिक संघ- सस्थाहरुमा संग्लग्न नभई रहन सकिन । म मिचिगन देखि टेक्सास आउदा सम्म विभिन्न संघ-सस्थाहरु नेपाली संघ मिचिगन, नेपाली समाज टेक्सास, अन्तररास्ट्रिय साहित्य समाज, नेपाली कल्चर एण्ड स्प्रिचुअल सेन्टर टेक्सास, लाएन्स क्लब, ब्लड डोनर्स अफ अमेरिका, प्रवासी नेपाली मंच टेक्सास आदी संघ- सस्थाहरुमा विभिन्न पदहरुमा रहि वा सक्रिय सहयोगीको रुपमा सेवा गरेको तथा इन्द्रेणी सास्कृतिक संघ टेक्सासको २००९ देखी उपाध्यक्ष र २०१२ फेब्रुअरी देखी अध्यक्ष पदमा रही सास्कृतिक, सामाजिक सेवा गरिरहेको यथार्थ यहाहरुलाई अवगत गराउन चाहन्छु । विगत् २५ -३० वर्षको सामाजिक सेवाको अनुभवले मलाई के सिकाएको छ भने ” सबैलाई बचाउन सकियो भने मात्र आफू बच्न सकिन्छ ” । यसै भावनावाट उत्प्रेरित भै सास्कृतिक तथा सामाजिक सेवाहरुमा रमाउने मेरो वानी विदेशी भूमीमा आएपछि अझ बढी सक्रिय हुन उत्प्रेरित गरेको छ । यसरी नेपाल देखी अमेरिका सम्म विभिन्न जिम्मेवारी सम्हाल्ने क्रममा सहयोग गर्नुहुने सम्पूर्ण साथी-भाई इस्टमित्रहरुलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु। सधै दीन-दुखी तथा असहायहरुको सेवा गर्दा वा सामाजिक सेवा गर्दा जुन आनन्द मलाई प्राप्त हुन्छ त्यो अरु केहि गरेर आउदैन रहेछ । त्यसैले “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने यथार्थतालाई उजागर गर्न तथा अमेरिकामा बस्दै आउनु भएका प्रवासी नेपालीहरुको सहयोगीको रुपमा कामगर्ने मौका दिनु हुनेछ भन्ने विश्वास लिएको छु । बाँकी यहाँहरुको हातमा ……

धन्यवाद !!!

नेत्र पाण्डे

सह-सचिव उम्मेदवार

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१