काठमाडौं,२ बैशाख । अति नै गर्न थालेछन्,लोकमानसिंह कार्कीले । फागुन १४ गते अख्तियारको सरकारी भवनबाटै अन्माइएकी छोरी डा. आध्यासिंह अहिले अख्तियारकै जागिरे भइन् । यसअघि स्थापना दिवसमा पत्नी सुनितालाई सम्मानित गरेपछि लोकमानले राज्यबाट प्राप्त अवसरलाई परिवार पोस्ने प्रयोजनमा दुरुपयोग गरेको भनी आलोचना हुँदै आएको थियो
अख्तियारमा नियुक्त पाँच नयाँ आयुक्तको पद बहाली हुनु एकदिन अघि (१८ चैत) मा लोकमानले १७ निर्णय गरे । त्यसमध्ये छोरीलाई अवैतनिक मेडिकल कन्सल्ट्यान्ट बनाउने निर्णय पनि थियो । र,त्यही दिनको निर्णय हो,सहयोगीका रुपमा कार्यरत पूर्वएसएसपी गोबर्दन श्रेष्ठलाई स्वकीय सचिव नियुक्तिको । उनले कात्तिकमा अनुसन्धान विज्ञको नियुक्ति खाएका थिए । अख्तियारमा योग्यता पुगेका र राज्यले पत्याएका पाँच–पाँच जना आयुक्त हाजिर हुने भएपछि गोवद्र्धनजस्ता विज्ञ ती आयुक्त हाजिर हुने अघिल्लो दिनै १७ मध्येको अर्को निर्णयमा स्वकीय सचिव बनाइएका हुन्,आजको जनआस्था साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया