काठमाडौं, २ बैशाख। काठमाडौंका हरेक प्रहरी कार्यालयमा चोर भेटिन्छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरेर ल्याउछ,थुन्छ,कानुनी प्रक्रियाअन्तर्गत मुद्दा चलाउँछ । तर,ती चोर केही समयपछि नै छाडिन्छन् । छाडिएलगत्तै उनीहरु पुरानै पेसा (चोरी) मै फर्किहाल्छन् ।
पक्राउ गरेर ल्यायो,केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलायो,त्यसको केही समयपछि चोर छुट्छन् । यसरी काठमाडौमा पक्राउ गरेका चोरलाई गणना गर्ने हो भने उनीहरुको संख्या १ हजार नाघिसकेको छ । धेरैजसो चोर पेसेवर छन् । केही भर्खरै सिक्दै गरेका छन् भने केही पटके चोर चोर छन् । पेसेवर चोर थुनामुक्त भए पनि पुरानै पेसामा फर्केका भेटिएका छन् । पटकेहरु पनि चोरी कार्यमै संलग्न छन् भने भर्खरै सिक्दै गरेका पनि एक–दुई पटक गर्दा गर्दै पेसेवर हुने गरेका छन् ।
‘हामीले विगत नौ महिनाको अवधिमा काठमाडौंमा हुने सबै खाले अपराधलाई कम गर्न सफल भयौं तर चोरी नियन्त्रणलाई भने कम गर्न सकिएन,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीं उत्तम कार्कीले यस अवधिमा चोरलाई नियन्त्रण नियन्त्रणमा लिन नसकिएको स्वीकार गर्दै राजधानीमा मात्रै १ हजार पेसेवर चोर रहेको जानकारी दिए,आजको राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया