भक्तपुर,१ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँंवर्ष २०७२ मा मुलुकले नयाँं संविधान पाउने बताउनुभएको छ । ओलीले २०७२ ले संविधान पाउने बताउँदै संविधान निर्माणमा सहमतिमा नआउनेहरु अब पछिा पर्दै जाने बताउनुभयो । मंगलबार ओलीले आफ्नै निवास बालकोटमा आयोजना गरेको शुभकामना आदाप्रदान कार्यक्रममा संचारकर्मीसँग कुराकानी गर्दै जेठ १५ मा संविधान आउन सम्भव नभए पनि जतिसक्दो छिटो संविधान आउने बताउनुभयो । उहाँले भन्नुभयो ‘विधि र प्रक्रिया मिलाउनु पर्ने भएकाले जेठ १५ मा संविधान आउन गाह्रो छ, तर जतिसक्दो छिटो अब मुलुकले संविधान पाउँंछ ।’
उहाँले २०७१ सालमा पुरा हुन नसकेको संबिधान निर्माणको काम यो बर्ष पुरा हुने बिश्वास ब्यक्त गर्दै ढिलो नगरी संबिधान जारी हुने बताउनुभयो । आफुहरु सहमतिका लागि प्रयत्नशील रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो ‘सहमतिमा नआउनेहरु अब पछि पर्छन्, यो नयाँंवर्षमा नयाँं संविधानसहित मुलुकलाई आर्थिक विकासतर्फ अगाडि बढाउनुपर्छ ।’
सकेसम्म सहमतिबाटै संविधान निर्माणका लागि पहल गर्ने, सहमति नभए अधिकतम् सहमतिमा बिधि, प्रक्रिया र नियमावली अनुसार संविधान बन्ने ओलीले बताउनुभयो । कार्यक्रममा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, स्वास्थ्य मन्त्री खगराज अधिकारी, एमाले नेताहरु अग्नी खरेल, मुकुन्द न्यौपाने, राधाकृष्ण मैनाली, माले महासचिब सीपी मैनाली लगायत बिशेषत झापाली नेता कार्यकर्ताहरुको जमघट रहेको थियो ।
प्रतिक्रिया