जाजरकोटमा फैलिएको महामारीबाट ज्यान गुमानेको संख्या १६ पुग्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ बैशाख २०७२, मंगलवार १२:४७

सुर्खेत,१ बैशाख । जाजरकोटमा फैलिएको महामारीका कारण थप चारजनाको मृत्यु भएको छ । जाजरकोटको टालेगाउँमा सोमबार राति चारजनाले उपचारकै क्रममा ज्यान गुमाएका हुन्।

jajarkotमहामारीमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। यसअघि १२ जनाको ज्यान गइसकेको छ। महामारीबाट हजार जति मानिस बिरामी परेका छन्।सोमबार राति मृत्यु हुनेमा टाले गाउँ वडा नम्बर ३ का ५० वर्षीया लक्ष्मी नेपाल, वडा ५ का ५५ वर्षीया धनकला दमाइ, वडा नम्बर ६ का ५१ वर्षीय हस्ते कामी, वडा नम्बर २ का ६१ वर्षीया महेश्वरा सिंह रहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१