जर्मनीमा ६५ वर्षकी एक महिलाले एकैपटक चार शिशुलाई जन्म दिने भएकी छन् । विद्यालयमा पढाउने ६५ वर्षकी वृद्ध शिक्षिका एनेग्रेट रान्निकको गर्भमा चार शिशु हुर्किरहेका छन् । यसअघि १३ बच्चा जन्माइसकेकी रान्निको २१ हप्ताको कर्भमा चार शिशु रहेको परीक्षणमा क्रममा देखिएको हो । शिशु र आमाको दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको चिकित्शकहरुले बताएका छन् ।
रान्निले यी चार शिशु सकुशल जन्माइन् भने पाको उमेरमा चार बच्चा जन्माउने उनी संसारको पहिलो महिला हुने छिन् । उनले पछिल्लो पटक १० वर्ष अघि छोरी जन्माएकी थिइन् । अहिलेसम्म पाको उमेरमा बढी बच्चा जन्माउने महिलाको कीर्तिमान स्पेनकी मारिया डेल कार्मेन बाँउसाडा लाराको नामा छ । उनले सन् २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेकी थिइन् । बर्मीङ्हम विमेन्स फर्टिलिटि सेन्टरका विशेषज्ञ डा. सु एवरीका अनुसार ६५ वर्षको उमेरमा चार सन्तानलाई जन्म दिनु रान्निकको लागि चुनौती हो । अहिलेसम्मको अवस्था राम्रै भएकाले राम्रो हुनेमा आफूहरु आशावादी रहेको उनले बताए ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया