काठमाडौं,१ बैशाख । आफ्नै स्कुलका प्रधानाध्यापकसित घुस लिने क्रममा पक्राउ परेका नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको व्यवस्थापन समितीका अध्यक्ष लालबाबु साह कानु र अविभावक संघका अध्यक्ष चान्सी राउतविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
विद्यालय क्षेत्र सुधार कार्यक्रम र प्रति विद्यार्थी अनुदान ९पिसिएफ० कोटाको रकममा प्रधानाध्यापकसग घूस मागेपछि उनीहरुलाई अख्तियारले २५ हजार रुपैंया घूस सहित रंगेहात पक्राउ गरेको थियो । उनीहरुविरुद्ध सोमवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया