रुस र युक्रेनबीच हतियारसम्बन्धी थप सम्झौता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ बैशाख २०७२, मंगलवार ०९:३७

एजेन्सी । रुस र युक्रेनबीच हतियार व्यवस्थापन सम्बन्धी थप सम्झौता भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा जारी तनाव अन्त्यको पहलमा रुस र युक्रेनले थप अन्य किसिमका हतियार हटाउनेसम्बन्धी सम्झौता भएको हो । जर्मनीको बर्लिनमा दुई मुलुकका बिदेशमन्त्री सम्मिलीत वार्तामा सो सम्झौता भएको बीबीसीले उल्लेख गरेको छ ।

yyमोर्टार, हतियार ट्यांक तथा १ सय एमएम क्यालिबर भन्दा तलका भारी हतियार हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । वार्तामा दुई मुलुकका बिदेशमन्त्रीले युक्रेनी सैनिक र रुस समर्थित बिद्रोहीबीच लामो समयदेखिको द्वन्दसम्बन्धी फरक धारणा राखेका थिए । वार्ता लामो तथा गहन भएपनि विवादास्पद रहेको वार्तामा उपस्थित जर्मन विदेशमन्त्री फ्रान्क–वाल्टर स्टेनमैरले बताउनुभयो ।
यसैबीच, वार्ताको पूर्वसन्ध्यामा युक्रेनको पूर्वी क्षेत्रमा युक्रेनी सैनिक र रुसभाषी बिद्रोहीबीच झडप भएको छ । झडपमा एक जना युक्रेनीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१