निर्वाचनलाई २४ घण्टामा सक्न उम्मेदवारहरुको आग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ बैशाख २०७२, मंगलवार ०९:३०

अमेरिका,१ बैशाख । एनआरएन अमेरिकाको आसन्न निर्वाचनको मिति अप्रिल १६ देखि २० सम्म तोकिएकोमा अध्यक्ष लगायत विभिन्न पदमा उम्मेदवारी दिएका व्यक्तिहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सोमवार जारी गरिएको विज्ञप्तिमा निर्वाचनलाई २४ घण्टाको समयमा सम्पन्न गर्न आग्रह गरिएको छ । आसन्न निर्वाचनमा अध्यक्ष पद्मा उम्मेद्वारी दिएकी रमा सिंहले यस्तो अपिल सार्वजनिक गरेकी हुन् । सिंह सहित अध्यक्षका प्रत्यासीहरु चार जनाको नाम समावेश गरिएको छ । नगेन्द्र पौडेल,दुर्गा दाहाल र गणेश कुँवर सहित अन्य पदका उम्मेदवारहरुले अपिल जारी गरेका छन् । निर्बाचन जस्तो प्रजातान्त्रिक बिधि अपनाउदा सर्बमान्य सिद्धान्तलाइे अनुसरण गर्नुमा नै सबैको हित र कल्याण हुने भन्दें २४ घण्टामा निर्वाचनको सबै गतिविधि सक्न अपिल गरिएको छ ।

nrn1यस्तो छ २४ घण्टा भित्रमानै निर्वाचन सक्न अनुरोध पत्र

श्रीमान प्रमुख निर्बाचन आयुक्त ज्यु ,

NRN USA निर्बाचन आयोगको कार्यालय
बिषय : मतदान गर्ने समय २४ घण्टा बनाउने सम्बन्धमा
महोदय ,
अमेरिका जस्तो प्रजातन्त्रको ब्यापक अभ्यास भएको देशमा बसेर
निर्बाचन जस्तो प्रजातान्त्रिक बिधि अपनाउदा सर्बमान्य सिद्धान्तलाइे अनुसरण गर्नुमा नै सबैको हित र कल्याण हुने सन्दर्भमा यहि अप्रिल १६ तारिख देखि २० तारिख सम्म हुन लागेको NRN USA को निर्बाचनको मतदान समय तालिका परिवर्तन गरि २४ घण्टा भित्र निर्बाचन गराउनको लागि हामी देहाय बमोजिमका उम्मेदबार निबेदन गर्दछौ ।
यो निर्बाचनको प्राय सबै मतदान कार्य बिद्धुतिय माध्यम बाट गरिने भएकोले पनि ५/५ दिनको समय अबधि उपयुक्त नभएको र यसले निर्बाचनमा गलत प्रबितिलाइ बढावा दिने तथा स्वतन्त्र , निस्पक्ष्य ,र आफैले ढुक्क भएर मतदान गर्ने बाताबरणलाइे असर पार्न सक्ने देखिएकोले पनि यस तर्फ समयमै बिचार पुर्याउन पनि आयोगको ध्यानाकर्षण गराउदछौ । बिधुतिए चुनाबी परिणाम पनि मतदान सकिएको २४ घण्टा भित्र प्रकाशित गर्न हाम्रो अनुरोध छ । हुलाक बाट पठाउने चुनाबको हकमा २४ घण्टा भित्र मत पठाएको हुलाकको मिति हुनु पर्ने तर सो भन्दा पछाडी पठाएको मत सदर हुन नहुने सर्बमान्य सिधान्त लागु गर्न पनि हाम्रो अनुरोध छ ।
साथै गत निर्बाचनमा जस्तो अन्तिम समयमा मतदानको समय बढाउने र दोबाटो – चौबाटोमा मत पेटिका राख्ने जस्ता अशोभनीय र अप्रजातान्त्रिक कार्यहरु पनि यो निर्बाचनमा नदोहारियोस भन्ने सम्बन्धमा पनि आयोग लगायत सबै सचेत बर्गको ध्यानाकर्षण गराउन चाहन्छौ ।
अनुरोध गर्ने उम्मेदवारहरु :
रमा सिंह – अध्यक्ष्य
नगेन्द्र पौडेल -अध्यक्ष्य
दुर्गा दाहाल -अध्यक्ष्य
गणेश कुवर – अध्यक्ष्य
नेदेंन दोंगला- बरिस्ठ उपाध्यक्ष्य
विश्व शाह – बरिस्ठ उपाध्यक्ष्य
मोहन थापा -उपाध्यक्ष्य
कुन्ती थापा – महासचिब
बेद बस्नेत – सचिब
रबिन बज्राचार्य – सचिब
संगीता लम्साल सिवाकोटी -सह सचिब
सुशील रेग्मी – सदस्य
केमिका भण्डारी पौडेल – सदस्य
बिष्णु हरि देउराली – ICC प्रतिनिधि
धन दवाडी – ICC प्रतिनिधि

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१