एजेन्सी । तस्विरमा देखिएको पहेँलो बस्तु अरु केही नभएर संसारकै बहमुल्य धातु सुन हो । कुनै कथाको राजकुमारले जस्तो सुनमा गुटुमुटु परेका ति व्यक्ति यो विशेष समारोहका नायक हुन् र सुन तथा चाँदीले पुरीएकी ति युवती सो समारोहकी नायिका हुन् । उनीहरु अरु कोही नभएर संसारकै दोश्रो धनी सुल्तानका छोरा र हुनेवाला बुहारी हुन् ।
५ अप्रेलबाट सुरु भएको उनको विवाह समारोह १५ अप्रेलसम्म जारी रहने डेलीमेलले जनाएको छ ।
ब्रुनइका राजा हसनलाल बोलखियाहका छोरा ३१ वर्षे अब्दुल मलिकको विवाह २२ वर्षीया डयाङ्कु रबि अतुल अदविया पेनगिरान हजी बोल्कीयासँग सम्पन्न हुन लागेको माहोल हो यो । मलिक सुल्तानका रानी सलेह पट्टीका कान्छो छोरा हुन् । उनी राजा हुने लाइनमा दोस्रो नम्बरमा छन् । राजधानीस्थित राजाको निजी निवासमा विवाह सम्पन्न भएको थियो । १७ सय ८८ कोठा भएको दरबारमा उनीहरुको विवाह समरोह आयोजना गरिएको मिडिया एनपी डटकममा समाचार छ । स्फटिक जडिट जुत्ता, हीरा, सुन, पन्न जडित कपडा, गहनाको फुलको गुच्छासहित पूर्ण वैभवका साथ मनै लोभ्याउने विवाह गरेका छन् यो जोडीले । मलिकको विवाहमा २१ मुलुकका पाँच हजार पाहुनाहरुले उपस्थित जनाएका छन् । उनीसँग १ दशमलव २४ लाख करोड रुपैयाँको सम्पत्ति रहेको छ भने कार मात्र सात हजार रहेका छन् ।
प्रतिक्रिया