लिभरपुल एक स्थान माथि उक्लियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ बैशाख २०७२, मंगलवार ०८:४४

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । सोमबार राति भएको खेलमा न्युक्यासललाई २–० ले पराजित गर्दै लिभरलपुल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

fffffघरेलु मैदान एनफिल्डमा भएको खेलको नवौं मिनेटमा रहिम स्टर्लिङका गोलबाट लिभरपुलले सुरुवाती अग्रता लियो । पहिलो हाफमा १–० ले अघि रहेको लिभरपुलका लागि ७० औं मिनेटमा जो एलनले गोल गर्दै २–० को जित दिलाए । जितसँगै ३२ खेलबाट ५७ अंक जोडेको लिभरपुलको चौंथो स्थानको म्यानचेष्टर सिटी भन्दा चार अंकले पछि छ । प्रिमियर लिगमा लगातार पाँचौं हार व्यहोरेको न्युक्यासल भने ३२ खेलबाट ३५ अंक सहित १३ औं स्थानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१