आठ राजनीतिक दलको बैठक सुरु हुँदा ओली लागे धरहरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७१, सोमबार १७:१४

काठमाडौं,३० चैत । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पहलमा संविधानसभामा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलको बैठक सुरु भएको छ। संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, राप्रपा र मधेसी जनाधिकार फोरम नेपाल सहभागी छन्।
संविधानसभाको बैठक स्थगित भएपछि सभाध्यक्ष नेम्वाङले प्रमुख आठ दलको बैठक बोलाएको संविधानसभाका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए। kp oliसोमबार बसेको संविधानसभाको बैठकमा पुर्वमन्त्री सलिम मियाँ अन्सारीको शोक प्रस्ताव पारित गरेर बैशाख ६ गतेसम्मका लागि बैठक स्थगित भएपछि आठ दलको बैठक सुरु भएको हो। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार संविधानसभा अध्यक्षलाई भेटी संविधानसभाको बैठक स्थगित गर्न आग्रह गरेका थिए।दाहालको आग्रह बमोजिम संविधानसभाको बैठक बैशाख ६ गतेसम्मका लागि स्थगित भएको छ। दलहरुबीच सहमतिमै संविधान जारी गर्ने विषयमा औपचारिकरअनौपचारिक रुपमा छलफल भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१