काठमाडौँ,३० चैत । राष्ट्रिय सूचना आयोगले आजदेखि हेल्पलाइन सुरु गरेको छ। सूचना माग गर्ने विधि, निवेदन दिने तरिका, दस्तुरसम्बन्धी जानकारी र सूचना प्राप्त नभएमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिने विधिसम्बन्धी जानकारी दिन आयोगले हेल्पलाइन सुरु गरेको हो।
भोलिदेखि पूर्णरुपमा सञ्चालन हुने उक्त हेल्पलाईनको प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले उद्घाटन गरे। आयोगको टेलिफोन नम्बर ४६००७६८ बाट सेवा प्रवाह गरिने प्रमुख आयुक्त बास्कोटाले बताए। रासस
प्रतिक्रिया