आईपीएलमा किङ्स इलाभेन पन्जाबको पहिलो जित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७१, सोमबार १५:१८

आईपीएल इन्डियन प्रिमियम क्रिकेटमा किङ्स इलाभेन पन्जाबले पहिलो जित हात पार्न सफल भएको छ । आइतबार राति भएको क्रिकेट खेलमा हरभजन सिंहको सानदार ब्यटिंगले पनि रोक्न नसके पछि पन्जबले १८ रन हासिल गर्दै मुम्बई इन्डियनस्लाई पराजित गर्न सफल भयो ।
iplकिङ्स इलाभेन पन्जाबले १७२ रन बनाउदैं मुम्बईसामु लक्ष्य राखेको थियो,जवाफमा मुम्बई इन्डियनसले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन मात्र हासील गर्न सक्यो । मुम्बईले २५ रन जोड्दा सुरुवातमा चार विकट घुमाएर खराब सुरुवात गरेको थियो तर हरभजन सिहको सानदार २४ बलमा पाच चौका र छक्काको मदतले ६४ रन बनाउदै आकर्षण बढने कम पनि गरेका थिए र उनले सातौ विकेटलमा सुचितसंग ३७ बलमा १०० रनको साझेदारी गरे । मुम्बईलाई अन्तिममा ३० रन चाएको थियो तर ११ रन मात्र ल्याउन सफल भयो । मुरली विजयले ३५ , बिरेन्द्र सहवागले ३६ रन र डेभीट मिलेर २४ रनमा आउट भएर पन्जाबले राम्रो सुरुवात गरेको थिए । पन्जाब अनुतिर सिहं मिचेल जोन्सन र अक्ष्रर पटेलले २(२ विकट लिए का थिए भने हरभंजन सिहं र मलिनगाले समान २(२ विकेट लिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१