संविधान होइन शोक प्रस्ताव पारित गर्ने थलो बन्दैंछ संविधानसभा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७१, सोमबार १३:०४

काठमाडौं, ३० चैत । आज बोलाइएकोे संविधानसभा बैठक पूर्व सांसद् सलिम मियाँ अन्सारीको निधनका कारण कार्यसूचीमै प्रवेश नगरि स्थगित हुने भएको छ । पूर्व सभासद एवं एकीकृत माओवादीका नेता सलिम मिया अन्सारीप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित हुने भएको हो । एमाओवादी सहितका प्रतिपक्षी दलहरुले संविधानसभाको प्रक्रिया पर सार्न दवाव दिइरहेका बेला संविधानसभाको लगातारको दोस्रो बैठक पनि शोक प्रस्तावमा मात्र सिमित हुन लागेको हो । नेताहरुले विषयवस्तुमाथि लगभग सहमति भैसके पनि त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको जानकारी आइतबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई गराएका थिए । प्रधानमन्त्री सुशील कोइरालाले आफैं नेम्बाङलाई भेटेर केही दिन संविधानसभाको बैठक सारिदिन आग्रह गरेका थिए । कोइरालाले विवादित विषयमा लगभग सहमति भैसकेको र अन्तिम रुप दिन मात्र बाँकी रहेको जानकारी गराउँदै केही दिन बैठक सार्न आग्रह गरेका हुन् । अध्यक्ष नेम्वाङले पनि दलहरु विवादित विषयमा सहमति नजिक पुगेको जानकारी पाएको उल्लेख गरका छन् । संचारकर्मीहरुसँगको कुराकानीमा नेम्वाङले भने९दलहरु सघन छलफलमा रहेका छन् । दलका शीर्ष नेता र सचेतकले मसँगको भेटमा सहमति नजिक पुगेको बताएका छन् । यसअघि चैत २३ मा बसेको संविधानसभाको बैठक पूर्व सभासद् रामनाथ ढकाल र पूर्व सांसद महेन्द्र यादवको निधनप्रति शोक प्रस्ताव पारित गरी सोमबारसम्मका लागि स्थगित भएको थियो । शोक प्रस्ताव परित गरेको बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने संसदीय अभ्यास छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सोमबारको बैठकपछि थप केही दिन संविधानसभा स्थगित गर्ने संभावना छ । दलहरुबीच नयाँ संविधानका विवादीत अन्तरवस्तुमा सहमति जुट्ने अपेक्षामा उनले बैठकको कार्यसूची तय गरेका छैनन् ।
bicc-nepal

उनले दलहरुबीच सार्थक संवाद सुरु भएमा सहमतिका लागि थप समय उपलब्ध गराउने बताउँदै आएका छन् । यसअघि एक साताका लागि बैठक स्थगित गरेको नेम्वाङले दलहरुलाई अन्तिम मौका स्वरुप तीनरचार दिन समय दिने संभावना रहेको संविधानसभा सचिवालय स्रोतले जनाएको छ । संविधानसभाको अर्को बैठक अघि सम्म संविधानका विवादीत अन्तरवस्तुमा सहमति जुटाउन उच्च राजनीतिक तहको छलफल तिब्र भएको छ । प्रधानमन्त्री सुशील कोइराला र नेम्वाङबीचको छलफल पछि आइतबार नेम्वाङ र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच कुराकानी भएको थियो । संविधान निर्माणको गतिरोध तोड्ने विषयमा दुबै छलफल सकारात्मक रहेको बताइएको छ । प्रस्ताव समिति गठन मार्फत गत माघ ११ देखि सुरु भएको बहुमतिय प्रक्रियामा एमाओवादी सहितका प्रतिपक्षी दलहरु सहभागि छैनन् । शोक प्रस्तावमा मात्र केन्द्रीत हुने निश्चित भएपछि चैत २३ को बैठकमा भने एमाओवादी सहितका प्रतिपक्षी दल सहभागि थिए । संविधानसभामा गत माघ ११ गते सुरु भएको बहुमतिय प्रक्रिया रोक्न उसले दिएको दवाव र नागरिक समाजको आग्रह अनुसार सभाध्यक्ष नेम्वाङले माघ २९ देखि अनिश्चितकालका लागि स्थगित बैठक स्थगित गरेका थिए । सहमति प्रयास असफल भएपछि बहुमतिय प्रक्रिया पुनः अघि बढाउन डाकिएको संविधानसभाको बैठक शोक प्रस्तावमा सिमित भएको हो ।  आजै सभामुख नेम्वाङले शीर्ष दलका नेताहरुसँग विषेश छलफल गर्ने पनि बुझिएको छ । छलफल संविधानसभाको अर्के बैठक कहिले डाक्ने भन्नेमा केन्द्रीत रहने बुझिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१