मोरङ,३० चैत । जिल्ला कृषि विकास कार्यालय मोरङले विभिन्न कृषि पेसा गरिरहेका जिल्लाका ५१ कृषकलाई ४३ लाख ५० हजार कृषि अनुदान दिने भएको छ । जिल्ला कृषि विकास कार्यालय मोरङका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलले अनुदानका लागि आवेदन दिएकामध्ये छनोटमा परेका ५१ वटा कृषकलाई अनुदान दिने जानकारी दिनुभयो ।
छनोटमा परेका ५१ जनालाई एक किस्ता रकम दिइसकेको छ । बाँकी अर्को किस्ता रकम थप दिइने अधिकृत मण्डलको भनाइ छ । त्यस्तै कृषि विकास कार्यालय मोरङले दुईवटा कृषि सहकारी संस्थालाई हाते ट्र्याक्टर दिने भएको छ । अगुवा कृषि सहकारी संस्था डङ्ग्राहालाई फलफूल तथा तरकारी उत्पादन सहकारी संस्थालाई हाते ट्र्याक्टर दिइने भएको अधिकृत मण्डलले जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालय मोरङले फर्म दर्ता गरेर व्यावसायिक रुपमा कुनै पनि तरकारीखेती गर्ने जिल्लाका उत्कृष्ट ६० कृषकलाई अनुदान दिँदै आएको छ । गत वर्ष ४५ जना कृषकलाई अनुदान दिएको जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेती बताउनुहुन्छ ।
प्रतिक्रिया