हिलारी बन्नु पर्छ अबको राष्ट्रपति : ओबामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७१, सोमबार ११:३६

काठमाडौं,३० चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी राष्ट्रपति पदका लागि प्रतिष्पर्धा गरे देशको उत्कृष्ट राष्ट्रपति बन्नसक्ने भन्दै प्रशंसा गरेका छन् । आगामी निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट हिलारीले राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेकी छिन् । उनले उम्मेद्वारी घोषणा गरेपछि ओबामाले प्रशंसा उनको गरेका हुन । यसअघि सन् २००८ मा भएको पहिलो कार्यकालमा हिलारीले नै ओबामालाई पार्टीको आन्तरिक निर्वाचनमा टक्कर दिएका थिए । यस पटक पनि प्रतिष्पर्धी बन्दै पहिलो महिला राष्ट्रपति बन्ने होडमा हिलारी रहेकी छिन् ।

obamaपनामामा रहेका राष्ट्रपति ओबामाले ‘हिलारी मेरी साथी हुन् र मलाई लाग्छ उनी एक उत्कृष्ट राष्ट्रपति हुनेछिन’ भन्ने अभिव्यक्ति दिएका हुन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ६७ वर्षीया हिलारीले जित्ने निश्चित भएको बताएका छन् । हिलारीले हिजो मात्र आफ्नो उम्मेद्वारीको घोषणा गरेकी थिइन । बिबिसीका अनुसार उनले अमेरिकनहरुलाई एक च्याम्पियनको आवश्यकता रहेको जनाउँदै आफू सामान्य जनताको आकांक्षा पूरा गर्नका लागि च्याम्पियन बन्न लागेको बताएकी छन् ।क्लिन्टनले उम्मेदवारी घोषणा गरे पनि रिपब्लिकन पार्टीले भने आफ्नो उम्मेदवार सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१