अजयमेरुकोटको संरक्षण र पर्यटन प्रबर्धनका लागि ‘होमस्टे’ संचालन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७१, सोमबार १०:३४

डडेल्धुरा, ३० चैत । डडेल्धुराको अजयमेरु गाविस स्थित अजयमेरुकोटको संरक्षण र पर्यटन प्रबर्धनका लागि स्थानियबासीको पहलमा होम स्टे संचालन गरिएको छ । ऐतिहाँसिक अजयमेरु कोटको संरक्षणका लागि नेपाल सरकारवाट ठोस पहल नभएको अवस्थामा पर्यटन क्षेत्र प्रचारप्रसार,प्रबद्र्धन, संरक्षण र सम्बद्र्धनका लागि स्थानीयको सक्रियता र गैरसरकारी संस्था रुडुक एवं गरिबि निवारण कोषको सहयोगमा अजयमेरुकोट प्रबेश गर्ने गाउँ हाटमा होमस्टे संचालन गरिएको हो । अजयमेरुकोटमा आउने स्वदेशी तथा बिदेशी पर्यटकलाई स्थानीय परिकार खुवाउने, अजयमेरुकोटको इतिहासका बारेमा जानकारी गराएर पर्यटकिय संभावनालाई उजागर गर्न स्थानीयबासी जुटेर लागेका छन ।

homestayजिल्ला सदरमुकामवाट १५ किलोमिटरको दुरीमा रहेको ऐतिहासिक अजयमेरुकोट आठआंै शताव्दीमा राजा नागी मल्लले निर्माण गरेको ऐतिहासिक दरवारको भगनाअवशेष मात्रै रहेको छ भने उक्त क्षेत्रमा रहेका कलाकौशलले भरिपूर्ण देवल पाटी पौवा बैठक कक्षहरु समेत जिर्ण भइसकेका छन् । स्थानीयको चासोमा संचालन गरिएको होमस्टे लाई आवश्यक पूर्बाधार सहित दिगो रुपमा संचालन गर्न सके स्थानीयको रोजगारीको संभावना बढने मात्र नभई स्थानियबासीको  आर्थिक उपार्जन तथा जीवनशैली परिवर्तनको माध्यम पनि बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१