रियल सोसिडाड डेपोर्टिभोसँग बराबरीमा रोकियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७१, सोमबार १०:२९

स्पेनिस ला लिग फुटबलमा रियल सोसिडाडले डेपोर्टिभो ला कोरुनासँग बराबरीमा रोकिएको छ । ला लागि अन्तर्गत आइतबार राति भएको खेलमा सोसिडाडले डेपोर्टिभोसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको हो । ३३ औं मिनेटमा साबी प्रिएटोले पेनल्टी गोलबाट सोसिडाडले सुरुवाती अग्रता लियो । ४० औं मिनेटमा पेरेज मार्टिनेजले डेपोर्टिभोका लागि बराबरी गोल फर्काए ।

la foot५७ औं मिनेटमा कोरी कास्ट्रोले गोल गर्दै सोसिडाडलाई २–१ को अग्रता दिएपनि ७८ औं मिनेटमा डेपोर्टिभोका भर्डी निकोलशले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए । ३१ खेलबाट ३८ अंक जोडेको सोसिडाड एक स्थान माथि उक्लिंदै ११ औं स्थानमा पुगेको छ भने १६ औं स्थानमा रहेको डेर्पोटिभोले ३१ खेलबाट २८ अंक जोडेको छ । यस्तै आइतबार राति नै भएका अन्य खेलमा स्पानियोलले एथ्लेटिको बिल्बाओलाई १–०, तथा एल्चीले क्रोडोबालाई २–० ले पराजित गरेको छ । अर्को खेलमा गेटाफे र भिल्लारियलले १–१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१