संखुवासभा, ३० चैत । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो संविधानसभा निर्वाचन असंभव रहेको बताउनु भएको छ । उहाँले तेस्रो संविधानसभा निवार्चनको कसैले कल्पनासम्म गर्न नहुने बताउनु भयो । संखुवासभाको सदरमुकाम खाँदबारीमा आइतबार बुद्धिजीवि परिषदको चौथो जिल्ला अधिबेसनको उद्घाटन गर्दे नेता नेपालले एकिकृत माओबादी सहितको ३० दलिय मोर्चालेसमेत तेस्रो संविधानसभाको चुनाव चाहेको हो भने दुर्भाग्यपूर्ण हुने बताउनु भयो ।
नेता नेपालले पूर्ण सहमति नभए अधिकतम सहमति खोज्ने नभए आवश्यक संख्याको सहमतिका आधारमा संविधान जारी गरेरै छाड्ने बताउनु भयो । पहिलो संविधानसभा असफल भईसकेपछि दोस्रो संविधानसभाले पनि संविधान दिन नसक्ने आशंका सुरुहुनु स्वभाविक भएको उहाँले बताउनु भयो । विवादित विषयलाई थाती राखेर भएपनि संविधान जारी गर्नुपर्ने उहा“को भनाई थियो । नेता नेपालले कुनैपनि पाटीको बहुमत र दुइतिहाई नभएकाले संविधान निर्माणमा अन्य पार्टीको समर्थन चाहिएको बताउनु भयो ।
प्रतिक्रिया