उपनिर्वाचनमा कुन गा.वि.स.बाट कसले कति मत पाए ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७१, सोमबार १०:११

नारायण रिजाल
बागलुङ ३० चैत्र । बागलुङ क्षेत्र नं. १ मा २८ चैतमा सम्पन्न संविधानसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसकी चम्पादेवी खड्का १७१५४ मत प्राप्त गरेर विजयी भएकी छन् । यसअघि मंसीर २०७० मा भएको निर्वाचनमा खड्काका पति हरि खड्काले १३, ५०० मत प्राप्त गरेका थिए । खड्का सवारी दुर्घटनामा मृत्यु भएपछि बागलुङमा उपनिर्वाचन भएको हो । यसपटकको निर्वाचनमा नेपाली कांग्रेसको मत ३, ६५४ ले बढेको छ । यो कुल खसेको मतको ४५.९ प्रतिशत हो । त्यसैगरी एमालेकी मना केसीले १५०६८ मत प्राप्त गरिन् । यसअघिको निर्वाचनमा एमालेले ११,९६३ मत प्राप्त गरेको थियो । गत मंसीरमा भएको निर्वाचनमा ६,००३ मत प्राप्तको एमाओवादीले भने यसपटक धरौटी समेत जोगाउन सकेन । उसले २,५०५ मत प्राप्त गरेको छ ।
मत  परिणामको फोटा ।

mat2 mat

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१