अपडेट : बाग्लुङ १ मा कांग्रेसकी चम्पा विजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ चैत्र २०७१, आईतवार १७:००

बागलुङ,२९ चैत । बागलुङको निर्वाचन क्षेत्र नम्वर एकमा शनिबार सम्पन्न संविधानसभा सदस्य उपनिर्वाचनमा कांग्रेसले जितेको छ। कांग्रेसकी चम्पा खडका विजयी भएकी छन्। निकटम प्रतिद्वन्धीमा एमालेका उम्देवार छन् । अघिल्लो चुनावमा यही क्षेत्रमा एमाओवादीले छ हजार मत प्राप्त गरेको थियो।तर यसपटक उसको स्थिति निकै खस्केको छ।  मतगणनाको पछिल्लो नतिजा अनुसार कांग्रेसका चम्पा खडकाले १७१५४ मत प्राप्त गरेकी छन् भने एमालेका मन केसीले १५०६८ मत प्राप्त गरेकी छिन्। त्यसैगरी तेस्रो स्थानमा एमाओवादीका कृष्णबहादुर केसीले २५०५ मत प्रप्त गरेका छन्। राष्‍ट्रिय जनमोर्चाले १९४९ मत ल्याएको छ। यो क्षेत्रमा कुल ३८ हजार मत खसेको थियो। उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तथा खड्काकी श्रीमती चम्पा, एमालेकी मनकुमारी केसी र एमाओवादीका कृष्णबहादुर केसी सहित १३ उम्मेवार प्रतिस्पर्धामा रहेका थिए ।

kangressजिल्ला निर्वाचन कार्यालयका प्रमुख टोलराज उपाध्यायले संविधान सभाको दोश्रो निर्वाचनमा ७६ प्रतिशत मतदान भएकोमा यसपटक भने केही कम अर्थात ७३ प्रतिशत मात्र मतदान भएको जानकारी दिए । बाग्लुङ नगरपालिकासहित १९ वटा गाउँ विकास समितिका ७० वटा मतदान केन्द्रमा मतदाताहरुले शान्तिपूर्वक हिजो मतदान गरेका थिए । उपनिर्वाचनमा नेपाली काँग्रेसबाट स्व।हरि बहादुर खड्काकी श्रीमती चम्पादेवी खड्का, नेकपा एमालेबाट मनकुमारी केसी, एमाओवादीबाट कृष्ण बहादुर केसी, राष्ट्रिय जनमोर्चाबाट नेत्र बहादुर बुढाथोकी लगायत १० राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार गरी १३ जना चुनावी मैदानमा उत्रेका थिए । नेकपा माओवादी बैद्य समूह, विप्लव समूह र नेकपा एकिकृतले उपनिर्वाचन बहिष्कारको घोषणा गरे पनि जिल्लामा कुनै घटना भने भएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१