फिलिपको ब्याट र जर्सी सगरमाथा लगिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ चैत्र २०७१, आईतवार १६:५३

काठमाडौं,२९ चैत । क्रिकेट खेल्ने क्रममा बलले लागेर दिबंगत भएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको ब्याट र जर्सी सर्बोच्च शिखर सगरमाथा लगिने भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमकाविच अष्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्ष वाली एडवार्डसले ह्युजको ब्याट र जर्सी किर्तिमानी नेपाली महिला आरोहि छुरिम शेर्पालाई हस्तान्तरण गरे ।

nepal_newsphilip_hugeछुरिम र उनको आरोही टोलीले ह्युजको जर्सी र ब्याट सगरमाथाको चुचुरो सम्म लैजाने भएका छन् । कार्यक्रममा अष्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्ष वाली एडवार्डसले ह्युजलाई दिएको उच्च सम्मानका लागि नेपाल क्रिकेट संघलाई धन्यबाद ब्यक्त गरे । साथै उनले ह्युजलाई दिएको उच्च सम्मानकालागी नेपाल क्रिकेट संघप्रति आभार प्रकट गर्दै ह्युजको परिवारले पठाएको पत्र पनि कार्यक्रममा बाचन गरेका थिए । ह्युजको जर्सि र ब्याट सगरमाथाको चुचुरो सम्म पु¥याउने कार्यक्रमलाई वसन्त चौधरी फाउन्डेसनले आर्थिक सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१