अपडेट : बाग्लुङ १ मा कांग्रेसको अग्रता कायमैं,एमाले पछि-पछि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ चैत्र २०७१, आईतवार १५:५७

बाग्लुङ,२९ चैत । बाग्लुङ क्षेत्रनम्बर १ को मतगणनामा कांग्रेसले अग्रता लिइरहेको छ। पछिल्लो पटक सार्वजनिक गरिएको परिणाम अनुसार कांग्रेसले अग्रता लिइरहेको छ।  जसअनुसार कांग्रेसले १३५३५ एमालेले ११५६६ र एमाओवादीले २२२५ मत ल्याएका छन्। अहिलेसम्म ३० हजार १ सय ४२ मतगणना भइसकेको छ। हिजो भएको निर्वाचनमा ३८ हजार २ सय ९० मत खसेका थिए। मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएको थियो। जिल्ला विकास समितिको हलमा मतगणना गरिदैँ छ। दोस्रो संविधानसभा चुनावबाट निर्वाचित कांग्रेस सभासद हरिबहादुर खड्काको निधन भएपछि बाग्लुङ क्षेत्रनम्बर १ मा उपनिर्वाचन भएको हो । vote

उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तथा खड्काकी श्रीमती चम्पा, एमालेकी मनकुमारी केसी र एमाओवादीका कृष्णबहादुर केसी सहित १३ उम्मेवार प्रतिस्पर्धामा छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख टोलराज उपाध्यायले संविधान सभाको दोश्रो निर्वाचनमा ७६ प्रतिशत मतदान भएकोमा यसपटक भने केही कम अर्थात ७३ प्रतिशत मात्र मतदान भएको जानकारी दिए । बाग्लुङ नगरपालिकासहित १९ वटा गाउँ विकास समितिका ७० वटा मतदान केन्द्रमा मतदाताहरुले शान्तिपूर्वक हिजो मतदान गरेका थिए । उपनिर्वाचनमा नेपाली काँग्रेसबाट स्व।हरि बहादुर खड्काकी श्रीमती चम्पादेवी खड्का, नेकपा एमालेबाट मनकुमारी केसी, एमाओवादीबाट कृष्ण बहादुर केसी, राष्ट्रिय जनमोर्चाबाट नेत्र बहादुर बुढाथोकी लगायत १० राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार गरी १३ जना चुनावी मैदानमा उत्रेका थिए । नेकपा माओवादी बैद्य समूह, विप्लव समूह र नेकपा एकिकृतले उपनिर्वाचन बहिष्कारको घोषणा गरे पनि जिल्लामा कुनै घटना भने भएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१