नर्सिङ कलेजलाई सम्बन्धन दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ चैत्र २०७१, आईतवार १३:५३

काठमाडौं,२९ चैत । शिक्षा मन्त्री चित्रलेखा यादव अध्यक्षतामा बसेको बैठकले नर्सिङ कलेजलाई सम्बन्धन दिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभीटीको १३७ औ बैठकले १२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो ।  डा.गोबिन्द केसीको माग पुरा गर्न मन्त्री परिषद् बैठकले निर्णय प्रतिकुल सीटीइभीटी परिषद् बैठकले निर्णय गरेको भन्दै प्रधानमन्त्री कार्यालयले उक्त निर्णय रोक्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

nirsunhकार्यालयका सचिव शान्तराज सुवेदीले स्वास्थ्य शिक्षाको नितिगत व्यवस्था नभएसम्म कुनैपनि संस्थालाई सम्बन्धन नदिने सरकारको प्रतिबद्धता बिपरीत भएको बताए । ‘शिक्षा सचिवलाई सम्बोधन गरेर परिपत्र भइसकेको छ,’उनले भने । सीटीइभीटीले आफनो अस्पताल नभएका नसिर्स कलेजहरुलाई  सम्बन्धन दिएको छ । सरकारले स्पष्ट नीति बनाएर मात्रै मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेपनि सीटीइभीटीले नसिर्स कलेजको भने मापदण्ड विनै धमाधम दिइरहेको छ ।  सीटीइभीटीले काठमाडौंमा  महेन्द्रनारायण मेमोरियल, कान्तिपुर एकेडमी तीनकुने काठमाडौ, मैयादेवि नसिर्ङ कलेज चितवन, नेपाल सञ्जिवनी इन्स्टिच्यूट दाङ, पद्म अस्पताल कैलाली, सुदूर पश्चिमाञ्चल मेडिकल कलेज कैलाली, सामूदायिक जनस्वास्थ्य सेवा धनगढी, शुभकामना टेक्निकल कलेज रुपन्देही, नेशनल ह्यूमन रिसोर्स डिभलपमेण्ट एकेडमी जनकपुर, सिन्धु सदाबहार, खाडीचौर, सुजंग अस्पताल डोटी, भेरी कलेज वर्दियालाई  सम्बन्धन दिइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१