भारतिय सुरक्षाकर्मीद्धारा ६ लाखको सुपारी बरामद

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ चैत्र २०७१, आईतवार १३:४०

प्रविण टिबडेवाल
रौतहट,२९ चैत्र । भारत नेपाल सिमा क्षेत्रबाट शनिवार राति भारी मात्रामा चाईनिज सुपारी बरामद गरीएको छ । भारतिय सुरक्षाकर्मी एसएसबी द्धारा भारतको सोनबरसा स्थित भारत नेपाल सिमा क्षेत्रबाट सो सुपारी बरामद गरीएको हो ।
नेपाली नम्बर प्लेट भएको ना २ च ६१४१ नम्बरको रातो रंगको गाडी भित्र २५ वटा बोरामा १६ क्विन्टल सुपारी लोड गरी भारत प्रवेश गर्न लागेको बेला घेराबन्दी गरी सो सुपारी बरामद गरीएको भारतिय एसएसबीले जनाएको छ ।
supadiएसएसबीले सुपारीका साथ तस्करीमा संग्लन गाडी र चालकलाई समेत नियन्त्रणमा लिएको छ । रौतहटको चपुर निवासी गाडी चालक चुडामनी न्यूपेन संग सोधपुछको क्रममा सोहि स्थान निवासी सुनिल कुमारको सुपारी रहेको र आफुले ज्यालादारीमा विरगंज बाट लोड गरी भारतिय बजारमा पु¥याउन लागेको कुरा स्विकारेको एसएसबीका सहायक निरीक्षक मान सिंहले बताए ।
सोनबरसा स्थित एसएसबी कैंपका सहायक कमांडेंट अमरजित सिंहको नेतृत्तवको टोलीले नेपाल स्थित सर्लाही बाट भन्सार क्षली अबैध रुपमा भारतिय क्षेत्रमा ढुवानी हुनलागेको १६ क्विन्टल सुपारी बरामद गरी आवश्यक कारवाहीका लागी सितामढी कस्टम विभागलाई बुझाएका छन् । बरामद सुपारीको बजार मुल्य करीब ६ लाख ५० हजार रहेको एसएसबीका सहायक कमांडेंट सिंहले बताएका छन् । कुनै समय सुपारी तस्करीका लागी प्रख्यात रहेको रौतहट बाट प्रहरीको सक्रियता बढे पछि सुपारी तस्कर अहिले सर्लाहिका विभिन्न नाकालाई केन्द्रबिन्दु बनाएर व्यापक तस्करी जारी राखेका छन् भने रौतहटको गौर नाका सुपारी तस्करको लागी लक्ष्मण रेखा साबित हुन गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१