बागलुङ,२९ चैत । बागलुङ क्षेत्र नं १ मा शनिबार भएको संविधानसभा सदस्य उपनिर्वाचनमा ७३ प्रतिशत मत खसेको छ । कुल ५२ हजार २०२ मतदातामध्ये करिब ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गए राति १२ बजेभित्र सबै मतदान केन्द्रबाट मतदान उपकरण सदरमुकाम आइसकेको छ । आइतबार बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए । “बिहान नै सर्वदलीय बैठक बस्छ, त्यसपछि आचारसंहिता बनाउने, मुचुल्का उठाउनेलगायत काम गरेपछि तत्काल मतगणना सुरु हुन्छ, गणना सुरु भएको चाररपााच घन्टामा परिणाम सार्वजनिक हुन्छ,” उनले भने । मतदान स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । अधिकृत उपाध्यायले केही ठाउामा सामान्य विवाद भए पनि कुनै अप्रिय घटना नभएको जानकारी दिए ।
उन्नाइस गाविस र एक नगरपालिकाका ३५ मतदानस्थलमा रहेका ७० मतदान केन्द्रमा मतदान भएको थियो । राजनीतिक दलका १० र तीन स्वतन्त्र गरी १३ उम्मेदवार उपनिर्वाचनको मैदानमा छन् । यसअघिको संविधानसभा निर्वाचनमा विजयी नेपाली कााग्रेसका सभासद् हरिबहादुर खड्काकी श्रीमती चम्पादेवी, नेकपा (एमाले) वैकल्पिक केन्द्रीय सदस्य मनाकुमारी केसी, एकीकृत नेकपा (माओवादी)का कृष्णबहादुर केसी, राष्ट्रिय जनमोर्चाका नेत्रबहादुर बुढाथोकी, राप्रपा नेपाल र राप्रपाबाट साझा उम्मेदवार नवीनचन्द्र गर्वुजा मगर र नेपाल परिवार दलका बाबुराम शर्मा उम्मेदवार छन् । यस्तै नेकपा ९माले०का कुलबहादुर किसान, सङ्घीय समाजवादी पार्टीका रेशम थापा मगर, राष्ट्रवादी एकता पार्टीका क्षेत्रप्रताप थापा र राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुन उम्मदेवार रहनुभएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा तुलसी थापा, नैना केसी र सरस्वती पन्त छन् । गत निर्वाचनमा कांग्रेसका खड्का १३ हजार ५०० मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिराबहादुर खत्रीले ११ हजार ९६३, एमाओवादीका कृष्ण केसीले छ हजार ३ र राष्ट्रिय जनमोर्चाका तीर्थसिंह थापाले दुई हजार १५९ मत ल्याएका थिए ।
प्रतिक्रिया