एजेन्सी । इजिप्टको अदालतले मुस्लिम ब्रदरहुड पार्टीका नेता मोहम्मद बादीसहित १३ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । राज्यद्रोहको अभियोगमा अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ ।
सोही अभियोगमा अदालतले अन्य कयौंलाई जेल सजाय तोकिसकेको छ । इजिप्टका पूर्व राष्ट्रपति मोहमद् मोर्सीलाई अपदस्थ गर्न सहयोग गरेको अभियोगमा अदालतले अन्य सयौँलाइ यस अघिनै मृत्युदण्दको सजाय सुनाएको थियो । आज मृत्युदण्ड सुनाइएका १३ जनाले सजाय विरुद्ध अपिल गर्न सक्नेछन् ।
प्रतिक्रिया