रोयल च्यालेन्जर्स बैंलोरले विजयी सुरुवात

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ चैत्र २०७१, आईतवार १०:१८

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंलोरले विजयी सुरूआत गरेको छ। शनिबार कोलकोत्ताको इडेन गार्डेनमा भएको खेलमा क्रिस गेलको महत्वपूर्ण ९६ रनको सहयोगले बैंलोरले कलकत्ता नाइट राइडर्सलाई ३ विकेटले हराएको छ।
india
रोमाञ्चक खेलमा ५६ बल खेलेर क्रिस गेल ७ छक्का र ७ चौका प्रहार गर्दे रन आउट भएका थिए। यस्तै बैंलोरका लागि एविडि ब्लेयर्सले २८ रनको योगदान दिए। कप्तान विराट कोहली १३ रनमा आउट भए। अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली कोलकोत्ताले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। कोलकोत्ताका लागि कप्तान गौतम गम्भीरले सर्वाधिक ५८ रन बनाएका थिए। यस्तै आन्द्रे रुसेलले ४१ रन बनाएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१