एनपिएलको मुखैमा क्यानले हात झिक्यो; उद्‍घाटन आज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७१, बुधबार १३:२८

३१ वैशाख /धनगढीमा बुधबारदेखि सुरु हुने एनसेल नेपाल प्रिमियर लिग (एनपीएल)को आयोजकबाट नेपाल क्रिकेट संघ (क्यान) ले हात झिकेको छ। प्रतियोगिता सुरु हुने एक दिन अघि मंगलबार बेलुकी मात्र क्यानले प्रेस बिज्ञप्ति जारि गर्दै आयोजकको भुमिकामा क्यान नरहने जानकारी दिएको छ। नेपालका पहिलो पटक हुन लागेको एनपिएलमा क्यानले एसियाली क्रिकेट काउन्सीले (एसीसी) को दबाबमा आएर आयोजनाको जिम्वेवारी लिएको थियो। क्यानद्धारा गठित कार्यकारी परिषदको बैठकले गत चैत्र १९ गते एनपिएलको आयोजना क्यान आफैले गर्ने निर्णय गरेको थियो।
एसीसीले राष्ट्रिय स्तरमा सञ्चालन हुने लिग क्रिकेटको जिम्वेवारी आधिकारिक संस्थाले नै लिनुपर्ने भन्दै क्यानलाई पत्र लेखेपछि एनपिएलको आयोजक आफै बन्ने घोषणा क्यानले गरेको थियो। प्रतियोगिताको जिम्वेवारी लिएको जोरा स्पोर्टस म्यानेजमेन्टले सहमति अनुसारको कार्य नगरेकोले आयोजक नबन्नका लागि क्यानको बहुमत सदस्यले निर्णय गरेको बिज्ञप्तिमा उल्लेख छ। जोराले सम्झौता अनुसार आय व्ययको विस्तृत विवरण जानकारी नगराएको, आफूखुसी कार्यक्रमहरु एकलौटी रुपले गर्दै गएकोले क्यान आयोजक भएको खण्डमा प्रतियोगिताको पूर्ण आयव्ययको लेखापरिक्षण, पारदर्शितामाथि जवाफ देही रहने हुनाले आयोजक नबन्ने निर्णय गरेको क्यानले उल्लेख गरेको छ।

एनपिएल उद्घाटन आज
नेपालमा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को उदघाटन बुधबार हुदैछ। प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टोलीका कप्तान तथा विसाल ग्रुप वारियर्सका कप्तान पारस खड्का पनि मंगलबार धनगढी पुगे। यस्तै सगरमाथा लिजेन्ड्सका विनोद भण्डारीको टोली पनि धनगढी पुगेको छ। धनगढीको फाप्ला मैदानमा यी दुबै टीमबीच बुधबार उद्घाटन खेल हुनेछ। सहभागि ६ टीमका अधिकासं खेलाडी र अफि सियलको टिम पनि धनगढी पुगीसकेको स्थानीय आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए। मंगलबार साँझ वाजागाजा सहित राष्ट्रीय खेलाडीलाई धनगढी नगर परिक्रमा गराईएको थियो। प्रतियोगिताको उद्घाटनका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा पनि धनगढी पुगिसकेका छन। जोहोरा स्पोर्टस म्यानेन्जमेन्टका कार्यकारी निर्देशक आमिर अख्तरले कैलाली र कञ्ननपुरका दुवै मैदान तथा पिचहरु तयार भईसकेको जानकारी दिए। एक दिवसीय खेलहरु कैलालीमा १० वटा र कञ्चनपुरमा ८ वटा हुनेछन। धनगढीमा उद्घाटन खेल हुने र उद्घाटन खेलमा सुगम पोखरेलको सांस्कृतीक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१