एनआरएन अमेरिका सबैको साझा संस्था बन्नु पर्छ : नेदेन डोगांला शेर्पा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ चैत्र २०७१, आईतवार १०:०४

अमेरिका,२७ चैत । आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको नेदेन डोगांला शेर्पाले एनआरएन अमेरिका सबैको साझा संस्था बन्न पर्ने बताउनुभएको छ । पुरुष जस्तैं महिलाहरुले पनि धेरै काम गर्न सक्छन् भन्ने विश्वासका साथ आफुले उम्मेद्वारी दिएको बताउनुहुने शेर्पाले आफुलाई अत्याधिक मतले जिताउँन पनि अमेरिकामा बसोबास गर्ने सम्पुर्ण नेपालीहरुलाई आग्रह गर्नुभएको छ । महिलाहरुले घर सम्हालेर पनि समाजमा केहि गर्न सक्छ भन्ने अठोटका साथ वरिष्ठ उपाध्यक्ष पद्मा उम्मेद्वारी दिएको बताउनुहुदैं नेदेन डोगांला शेर्पाले आफुलाई यस पटक जिताएर केहि काम गर्ने मौका दिन पनि आग्रह गर्नुभएको छ । ताप्लेजुङ जिल्ला फुङलिङ बजार माइती तथा सोलुखुम्बु लोदिङ्ग स्थायी घर भई हाल अमेरिकाको न्यूयोर्क शहरकी स्थायी बासिन्दा शेर्पाले एनआरएन एनसीसी अमेरिकामार्फत केही समय निस्वार्थ सामाजिक सेवा गर्ने वाचाका साथ वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको पनि बताउनुभएको छ ।

nadenपर्यटन तथा होटल व्यवसाय तथा विभिन्न सामुदायिक संघसंस्थामा आवद्ध रहेकी शेर्पाले देशको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसायलाई सबै एनआरएनहरु माझमा पुर्याई विदेशी पर्यटकहरु मात्र नभई गैह्र आवासीय नेपाली पर्यटकहरुमा नेपालप्रतिको आकर्षण बढाउने कार्यक्रमहरु र योजना ल्याउनुका साथै आन्तरिक पर्यटन विकासका कार्यक्रमहरुको योजना बनाउने लक्ष्य लिनु भएको छ । प्रवासमा सिकेका सीपहरुलाई प्रयोगमा ल्याउने, नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीहरुको स्वदेशमा लगानी सुलभ र सुनिश्चित ढङ्गले सञ्चालन गर्नेमा नेपाल सरकारसमक्ष पहल गर्ने पनि शेर्पाले प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१