प्रतिष्ठानको तालाबन्दी राजिनामा तर्फ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ चैत्र २०७१, शनिबार ०९:५२

धरान, २७८ चैत । बीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासको अभिब्यक्तिप्रति आपत्ति जनाउँदै गरेको तालाबन्दी राजीनामामा आएर टुंगिएको छ। चारैजना प्रमुख पदाधिकारीहरुको राजीनामाको माग गर्दै तालाबन्दीलाई लम्ब्याइरहेका छन्। पूर्व उपकुलपति डा। शेखर कोइरालाको संयोजकत्वमा बनेको उच्चस्तरीय तलवमान आयोगको प्रतिवेदन अनुसार हालसम्म तलवमान नबढेको बताउँदै राजन कोइराला समर्थित कर्मचारी कल्याण समाज तदर्थ समितिले एकसाता अघि एक्कासी तालाबन्दी गरेको थियो। तालाबन्दीले प्रशासनिक कार्य ठप्प भएको भन्दै प्रतिष्ठान भित्रका विभिन्न संगठनहरुले ताला खोल्न दवाव दिएका छन्। कर्मचारी कल्याण समाज, चिकित्सा तथा दन्त–चिकित्सा शास्त्र शिक्षक कल्याण समाज र प्रतिष्ठान व्यवस्थापनले अलग अलग विज्ञप्ति निकाल्दै दवाव दिएका हुन्। तर, प्रशासनले पेलेर जाने प्रयास गरेमा भोली हुने परिणामको सम्पूर्ण जिम्मा प्रतिष्ठान व्यवस्थापन समितिले लिनु पर्ने बताए। उनले प्रशासन कसैको बुईमा चढेर कसैलाई काखा कसैलाई पाखा गरेमा भोली हुने खतराको जिम्मेवार व्यवस्थापन समितिले लिनु पर्ने उनले चेतावनी दिए।

bpप्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले बिहीबार सूचना जारी गर्दै तालाबन्दी खोल्न र काममा फर्किनको लागि आह्वान गरिएको उनले बताए। उनले तालाबन्दी गरेको कुरा सच्चिएर आउनसमेत आह्वान गरेको बताए। त्यस्तै तालाबन्दीले प्रतिष्ठान धरासयी भइरहेकाले तालाबन्दीको कारण र त्यसको निधाद तर्फ जानको लागि प्रशासन र आन्दोलनरत कर्मचारीलाई नै विज्ञप्तिमार्फत शिक्षक कल्याण समाजले कर्मचारीलाई आग्रह गरेका छन्। सवै पक्षहरु जिम्मेवार भएर ताला खुल्न खुलाउन लाग्नु पर्यो भनेर विज्ञप्ति निकालिएको महासचिव डा. प्रभातरञ्जन पोखरेलले बताए। समाजलेसमेत तदर्थ समितिको नाममा गरिरहेको कार्यको भर्त्सना गर्दै कारवाही गर्न व्यवस्थापन र राज्यको निकायसंग समाजले माग गरेको छ। शिक्षक समाजका कार्यवाहक अध्यक्ष डा.आशिष घिमिरे, महासचिव डा। र कर्मचारी समाजका अध्यक्ष सुजेन्द्र तामाङ र महासचिव वेडुका कुमारी पुलामीले विज्ञप्ति निकालेका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१