काठमाडौं,२८ चैत । बागमती नदी सफाइ महाअभियानले आज एक सय हप्ता पूरा गरेको छ । नदीलाई पहिलाकै जस्तो सफा र स्वच्छ बनाउने लक्ष्य सहित २०७० साल जेठ ४ गतेदेखि सुरु अभियानले आज एक सय हप्ता पूरा गरेको हो । सय हप्ता पूरा गरेको अवसरमा बागमती नदीको किनारमा ५६ किलोमिटर लामो मानव साङ्लो बनाइएको छ । बागमतीको मुहान सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको २८ किलोमिटर हातेमालो गरेर मानव साङ्लो बनाइएको हो । राष्ट्रपति डाक्टर रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, बिभिन्न राजनीतिक दलका शीर्ष नेता, स्थानीयबासिन्दा मानवसाङ्लो बनाउन सहभागी भएका छन् । सरकारका मुख्यसचिव लिलामणी पौडेलको नेतृत्वमा चलेको अभियानमा २०७१ साल बैशाख १ गते मुख्यसचिव पौडेलसहित धेरैले बागमती नदीमा नुहाउनुभएको थियो । अभियानको क्रममा विभिन्न ठाउँमा १२ वटा बगैचा पनि बनाइएको छ । २७ वटा बगैंचा बनाउने योजनामा रहेको अभियानले अब १५ वटा बगैचा बनाउने अभियानता मौसम खनालले जानकारी दिनुभयो । बागमती नदी सरसफाई अभियान सुरु भएपछि अरु सहायक नदीको पनि सरसफाइ भैरहेको छ । सबै नदीलाई पहिलाकै जस्तो सफा र स्वच्छ बनाउने भन्दै अभियान सुरु गरिएको हो ।
प्रतिक्रिया