प्रेमिकासँग माफि माग्न एक करोडको विज्ञापन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ चैत्र २०७१, शुक्रबार १५:५६

प्रेममा परेपछि मानिस अन्धो हुन्छ भनिन्छ । चीनका एक युवालाई त्यस्तै भएको छ, उनले लाखौंको विज्ञापन नै छपाए । चिनियाँ युवा स्कट झुकी आफ्नी गर्लफ्रेन्डसँग झगडा पर्यो । उनले लर्गफ्रेन्डसँग त्यसबारे अनौठो तरिकाले माफी माग्ने निर्णय गरे । उनले छोटो चिठी लेखे र त्यसलाई बेइजिङको सबैभन्दा लोकप्रिय पत्रिका ‘बेइजिङ युथ डेली’मा छपाए । त्यसका लागि उनले एक पेजको एक कुनो, चौथाइ वा पूरा पेज मात्र होइन, चार चार पेज नै रिर्जभ गरे ।
expensive-advertise-for-gfअप्रिल २ मा छापिएको विज्ञापनको पहिलो पेजमा उनले आफ्नी प्रेमिकाले लिएको उनीसहितको सेल्फी भएको फोटो राखेका छन् । दोस्रो पेजमा आफ्नी प्रेमिकाको नामसहित सम्बोधन गर्दै तिम्रो प्रेम धेरै विशेष र अनुपम छ, जुन अरुले गर्न सक्दैनन्’ भन्दै माफी मागेका छन् । तेस्रो र चौथो पेजमा चाहिँ ‘यी पेज मैले खाली नै छोडेँ, किनकि अचानक मलाई केही लेख्न आएन’ मात्र उल्लेख गरेका छन् । चिनियाँ सञ्चारमाध्यम सांगाइइस्टका अनुसार यस्तो विज्ञापनका लागि ६ लाख युआनसम्म पर्छ, जुन नेपाली एक करोडबराबरको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१