पोखरा,२७ चैत । चैत्र २८ गते अर्थात भोली देखि बैशाख २ गतेसम्म हुने ‘१२ औँ फेवा नववर्ष महोत्सव’ को सम्पुर्ण तयारी पुरा भएको बताइएको छ । पश्चिमाञ्चलन होटल संघ हानले आयोजना गरेको महोत्सवमा चीनियाँ तथा भारतीय पर्यटनसंग सम्बन्धित स्टलहरु, पोखराका पर्यटकीय प्याकेज, स्थानीय पहिचान झल्कने सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादनका स्टल तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटनसँग सम्बन्धित स्टलहरु महोत्सवको आकर्षण रहने (हान)का अध्यक्ष भरतराज पराजुलीले बताए ।
महोत्सवलाई भव्यताका साथ मनाउनका लागि ‘जाऔँ है पोखरा’ भन्ने प्रचारात्मक कार्यक्रममहरु संञ्चालन गरिएका छन् भने होटल संघले लेक साईड क्षेत्रको सरसफाई तथा फेवातालको फोहोर उठाउने जस्ता कार्यक्रम गरिने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा पोखराका होटलहरुले आवास र खानामा १० देखि १५ प्रतिशतसम्म छुट दिने बताइएको छ ।
प्रतिक्रिया