अखिल क्रान्तिद्वारा सिटिइभिटीमा तालाबन्दी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ चैत्र २०७१, शुक्रबार १४:३४

काठमाडौं,२७ चैत । विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी भक्तपुरस्थित प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) मा तालाबन्दी गरेको छ ।  परिषद्ले हालै दिएको नर्सिङ र ल्यव कलेजको सम्बन्धन खारेजी र बृद्धि गरिएको शुल्क फिर्ताको माग गर्दै सो तालाबन्दी गरिएको केन्द्रीय सचिव दिपेन्द्र चलाउनेले बताएका छन् । परिषद्ले यही चैत्र २३ गते उक्त कलेजहरुलाई सम्बन्धन दिएको थियो । परिषद् उपाध्यक्ष गोपाल खनाले आफ्नो पदावधि सकि विदाई हुने दिनको विहान सल्लातकार समितिको बैँठक राखि उक्त सम्बन्ध दिएका थिए ।

CTEVT-edukhabarउक्त सम्बन्धन मापदण्ड विना र व्यापक आर्थिक चलखेलमा भएकोले आफूहरुले तालाबन्दी गरेको चलाउनेले बताए । उनका अनुसार सम्बन्धन पाएका कलेजकै खातामै घुस रकम जम्मा गरिएको थियो । उक्त सम्बधन खारेजी र २४ प्रतिशतले बुद्धि गरिएको शुल्क फिर्ता नगरिएसम्म ताला बन्दी नखोलिने भन्दै थप संघर्षका कार्यक्रम गर्ने उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१