दिल्लीलाई हराँउदै चेन्नाईको विजयी सुरुवात

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ चैत्र २०७१, शुक्रबार १४:१३

दिल्ली डेयरडेभिल्सलाई १ रनको झिनो अन्तरले हराँउदै चेन्नाई सुपर किङ्सले इंन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । चेन्नाइमा गएराती सम्पन्न खेलमा जितको लागि अन्तिम बलमा छक्का चाहिएको अवस्थामा दिल्लीका एल्बी मोर्केलले चौका प्रहार गरेपछि चेन्नाइ १ रनले विजयी भएको हो । खेलमा पहिले व्याटिङ गरेको चेन्नाइले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन जोड्यो ।

khelचेन्नाइको लागि ड्वेन स्मिथले ३४, फाफ डु प्लेसिसले ३२ तथा महेन्द्रसिंह धोनीले ३० रन जोडे । जवाफमा १ सय ५१ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन मात्रै जोड्न सक्यो । दिल्लीका लागी एल्बी मोर्केलले अवीजिजत ७३ रन जोडेभने अन्य कुनैपनि व्याट्सम्यान क्रिजमा टिक्न सेकनन् । इपीएल क्रिकेट अन्तर्गत आज हुने खेलमा किङ्स इलेभन पन्जाब र राजस्थान रोयल्स भिड्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१