विराटनगर, २७ चैत्र । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले सहमतिको नाममा मुलुकलाई वन्धक बनाउन नमिल्ने धारणा व्यक्त गरेका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सहमतिको रटान रटेपनि सहमति बनि नसकेको अबस्थाबाट मुलुकलाई निकास दिन प्रकृयामार्फत संविधान निर्माणको काम अगाडि बढाउन हतार भैसकेको बताए । संघीयतालगायतका विवादित मुद्दामा तत्काललाई आयोग वनाएर टुंगो लगाउन सकिने उनको भनाई थियो । चैत ३० गतेसम्म विपक्षी मोर्चासंग सहमति नभए प्रकृयामा गएर संविधान लेखन कार्य अगाडी लाने पोखरेलले सुनाए ।
प्रतिक्रिया