एपेक्समा खेलकुद सप्ताह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ चैत्र २०७१, शुक्रबार १३:५८

माधव अधिकारी
काठमाडौँ,२७ चैत । मध्यबानेश्वरस्थित एपेक्स कलेजको १५ औँ वार्षिक कार्यक्रमअन्तर्गत एपेक्स खेलकुद सप्ताह २०७१ आयोजना गरिएको छ ।वीरेन्द्र सैनिक आवासीय महाविद्यालय,सल्लाघारी,भक्तपुरमा जारी सप्ताह अन्तर्गत क्रिकेट ,फुटबल,टेबलटेनिस,पौडी,रिले दौड लगायतका खेल १८ वटा खेलाइएको छ ।स्नातक र स्नातकोत्तर तहका विद्यार्थी सहभागी कार्यक्रमको समापन शनिबार हँुदैछ ।

sssसमापन समारोहमा राष्ट्रिय खेलाडीलाई सम्मान गरिनुका साथै विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिने बताइएको छ । कार्यक्रममा कलेज सञ्चालक समिति अध्यक्ष समेत रहेका सूचनातथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल,प्रिन्सिपल एल.पी.भानु शर्मा,सहायक प्रिन्सिपल टीका उप्रेती लगायतको आतिथ्य रहने आयोजक विद्यार्थीहरुको संस्था एपेक्स स्पोर्टस् क्लबले जनाएको छ । १५ औँ वार्षिकीका अवसरमा कलेजले वर्षभरी विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१