नवलपरासी, २६ चैत । नवलपरासीमा बिहीबार २ वटा बेवारिसे शव फेला परेका छन् । नवलपरासीको कावासोती–१५ अमलटारीमा एक महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि वरुवालले बताउनुभयो । नारायणी नदी किनारामा झण्डै ४५÷४६ वर्षकी महिलाको शव फेला परेको उहाँले बताउनुभयो । यस्तै दुम्किबास–७ बगुवनमा पनि एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार दुम्किबास–७ बगुवन गाउँ छेउकोे खोल्सामा सडेको अवस्थामा झण्डै २५÷३० वर्षको पुरुषको शव फेला परेको हो ।
प्रतिक्रिया