काठमाडौं,२६ चैत । नेपाल पर्यटन बोर्डको दैनिक काम सुरू भएको छ । बोर्डको निमित्त कार्यकारी प्रमुख सहित ११ जना उच्च पदाधिकारीलाई भष्टाचारको मुदामा अख्तियारले बिशेष अदालतले मुद्दा दायर गरेपछि रोकीएको दैनिक कार्य बुधबारबाट सुरु भएको हो। पर्यटन मन्त्रालयले दैनिक कार्य सञ्चालनका लागि नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटालाई दैनिक कार्य सञ्चालनको संयोजक तोकेपछि दैनिक काम सुचारु भएको हो।
बोर्डका कामलाई अझ सहज होस भनेर पर्यटन बिभागका महानिर्देशक रमेश अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृत समेत तोकेको छ। ‘नेपाल पर्यटन बोर्डको दैनिक कार्य विगतमा जसरी सुरु भएको छ त्यसरी नै सुरु भईसकेको छ,’ संयोजक सापकोटाले भने। उनले यसलाई ब्यापक बनाउन निजी क्षेत्रका दुई जना आजसम्ममा टुंगो लाग्ने बताए। उनले भने, ‘समिति पूरा भएपछि द्रुत गतीमा काम सञ्चालन हुन्छ। पर्यटन बोर्डमा लामो समयसम्म चलेको आन्दोलनले असहज भएपनि पुराना ३४ जना कर्मचारीहरु अहिले पनि काम गरी रहेका छन् । अब तिनै कर्मचारीहरु लगायत केही आवश्यक परेमा थप गर्न सकिने समेत सापकोटाले बताए। उनले भने, ‘यदी कर्मचारी थप्न आवश्यक प्रकृया पुर्याएर थप्न सकिन्छ।’ बोर्डका अधिकांश निर्देशकहरुको बिशेष अदालमा मुद्दा चलीरहेका छ। निर्देशकहरु कोहीपनि नभएका अवस्थामा दैनिक कार्य सञ्चालन गर्न गाह्रो हुने बोर्डका कर्मचारी बताउँछन्।
प्रतिक्रिया