काठमाडौं,२६ चैत । नेकपा एमालेले यही चैत्र ३० गतेभित्र दलहरुबीच संविधान लेखनका विवादित विषयमा सहमति नबने प्रक्रियाबाटै संविधान जारी गर्ने गरी अघि बढनुपर्नेमा जोड दिएको छ । राष्ट्रपति डा रामवरण यादवसँगको विहीबारको भेटमा एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष विद्या भण्डारीले सहमतिका लागि हदैसम्मको प्रयास गर्ने र त्यसो हुन नसके प्रक्रियामा जानु आफूहरुको बाध्यता हुने बताएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटपछि एमाले उपाध्यक्ष भण्डारीले आफूहरु सहमतिकै पक्षमा रहेको भन्दै सहमति नबनेको अवस्थामा प्रक्रिया थाल्न ढिलाइ गर्न नहुने बताइन् । भेटवार्तामा राष्ट्रपति यादवले सहमतिकै आधारमा संविधान बनोस् भनी शुभेच्छा व्यक्त गरेका थिए । उनले सबैलाई समेटेर अघि बढ्ने गरी भूमिका निर्वाह गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको समेत जनाइएको छ ।
प्रतिक्रिया